ईपीएल क्रिकेटको ट्रफी सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

ईपीएल क्रिकेटको ट्रफी सार्वजनिक

काठमाडौं, २० मंसिर । शनिबारबाट सुरु हुने टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ ।

आयोजक ईपीएलले बिहीबार प्रतियोगिताको विजेताले प्राप्त गर्ने ट्रफी सार्वजनिक गरेको हो । ईपीएल ट्रफी सहभागी ६ टोलीका कप्तानहरुले सार्वजनिक गरेका हुन् । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारिवर्स र ललितपुर प्याट्रीयट्सले प्रतिस्पर्धा गर्ने छन् ।

आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको दोस्रो दिन ललितपुर र चितवन टाइगर्स तथा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजले खेल्नेछन् । राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगितामा ६ शहरका ६ टिमको सहभागिता रहेको छ ।

यस संस्करणमा अघिल्लो संस्करणकै टिमहरु काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारिवर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोज रहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);