इपीएलकाे उद्घाटन खेलमा विराटनगर र ललितपुर भिड्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

इपीएलकाे उद्घाटन खेलमा विराटनगर र ललितपुर भिड्दै

everest premier league

काठमाडौं, २२ मंसिर । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आज (शनिबार) सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पुस ७ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालका विभिन्न छ शहरको नामबाट छ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गरेका छन्।

आज उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियर्स भिड्ने छन्। विराटनगर पारस खड्काको कप्तानीमा तथा ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा खेल्नेछ ।

पन्ध्र दिनसम्म चल्ने सो प्रतियोगितामा १९ खेल हुनेछन् । प्रतियोगिताको मुख्य आकर्षण विदेशी खेलाडी र अन्तर्राष्ट्रिय ‘चियर्स लिडर्स’ छन् । यसपटक प्रतियोगितामा आठ देशका विदेशी खेलाडी पनि खेल्दैछन् ।

प्रतियोगितालाई आइसिसीले मान्यता दिइसकेको छ । दर्शकका लागि टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई ५० र अन्यलाई १ सय शुल्क लाग्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);