इंग्लिस प्रिमियर लिग: टोटनह्यामद्वारा साउथह्याम्पटन पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

इंग्लिस प्रिमियर लिग: टोटनह्यामद्वारा साउथह्याम्पटन पराजित

ENGLISH

काठमाडौं, २० मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले साउथह्याम्पटनलाई पराजित गरेको छ ।

बिहिवार बिहान भएको खेलमा आफ्नै घरेलु मैदानमा टोटनह्यामले साउथह्याम्पटनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा ह्यारी केन, लुकास मौरा र सोन हेउङ मिनले गोल गरे । साउथह्याम्पटनका लागि भने चार्ली औष्टिनले गोल गरेका थिए ।

खेलको नवौं मिनेटमा नै केनले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको टोटनह्यामले दोस्रो हाफमा थप दुई गोल गर्यो ।खेलको ५१औं मिनेटमा लुका र खेलको ५५औं मिनेटमा हेउङ मिनले गोल गर्दै टोटनह्यामलाई ३–० गोलको अग्रता दिलाएका थिए ।

तर अन्तिम समयमा साउथह्याम्पटनका चार्लीले गोल गर्दै ३–१ गोलको स्थितिमा पु¥याएका थिए । जितसँगै टोटनह्यामले १५ खेलबाट ३३ अंक बनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);