इंग्लिस प्रिमियर लिगमा आर्सनल र टोटनह्याम विजयी | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

काठमाडौँ, २५ भदौ । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार राति भएको खेलमा बोर्नमाउथलाई ३-० ले हराउँदै आर्सनल विजयी भएको छ। आर्सनललाई जिताउनका लागि ड्यानी वेलबेकले दुई गोल गरे भने एलेक्जेण्डर लाकाजेट्टीले एक गोल गरे।

खेलको छैटौँ मिनेटमा नै वेलबेकले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। २७ औं मिनेटमा लाकाजेट्टीले गोल गर्दै अग्रता दोब्बर पारे भने पहिलो हाफमा २-० को अग्रता लिएको आर्सनलका लागि ५० औं मिनेटमा वेलबेकले व्यक्तिगत दोस्रो गोल गर्दै ३-० को जित दिलाएका हुन्। जितसँगै चार खेलबाट आर्सनलले ६ अंक बनाएको छ।

इंग्लिस प्रिमियर लिगको अर्को खेलमा टोटनह्यामले एभर्टनलाई पनि ३-० ले नै हरायो। टोटनह्यामलाई जिताउन ह्यारी केनले दुई तथा क्रिष्टियन एरिक्सनले एक गोल गरे। टोटनह्याम चार खेलबाट ७ अंकसहित पाँचौं स्थानमा छ।