ला लिगाः बार्सिलोनाद्वारा स्पानियोल ५–० ले पराजित, म्याड्रिड लेभान्टेसँग बराबरीमा रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एजेन्सी, २५ भदौ । बार्सिलोनाले लियोनल मेसीको ह्याट्रिकको मद्दतमा स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा विजयी यात्रा कायमै राखेको छ ।

 

बार्सिलोनाले गएराति भएको खेलमा स्पानियोललाई ५–० ले पराजित गर्याे । बार्सिलोनाको जितमा मेसीले २६, ३५ र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । बार्सिलोनाका लागि मेसीको यो ३८ औं ह्याट्रिक हो । बाँकि दुई गोल जेराड पिके र लुइस स्वारेजले गरे । पिकेले ८७ औं र स्वारेजले ९० औं मिनेटमा गोल गरेपछि बार्सिलोना ५–० को जित निकाल्न सफल भएको हो । जितपछि शीर्ष स्थानको बार्सिलोनाको ३ खेलबाट ९ अंक भएको छ ।

गएराति नै भएको अर्को खेलमा रोनाल्डो बिना मैदान उत्रिएको रियल मड्रिड लेभान्टेसँग १–१ गोलको बराबरीमा रोकिएको छ । बराबरीसँगै रियल मड्रिड तीन खेलबाट पाँच अंकसहित छैटौं स्थानमा छ । गएराति भएका अन्य खेलमा सेभिल्लाले एइबरलाई ३–० ले पराजित गरेको छ भने भ्यालेन्सिया र एथ्लेटिको मड्रिडले गोलरहित बराबरी खेलेर अंक बाँडेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);