युएस ओपन टेनिसको उपाधि स्टेफेन्सलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, २५ भदौ । अमेरिकी खेलाडी स्लोने स्टेफेन्सले युएस ओपन टेनिसको उपाधि जितेकी छन् ।

८३ औं बरियताकी स्टेफेन्सले अमेरिकाकै म्याडिसन किजलाई पराजित गरेर पहिलोपटक युएस ओपनको उपाधि जितेकी हुन् । २४ वर्षिय स्टेफेन्सले १५ औं बरियताकी किजलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् । उनले किजलाई पराजित गर्न जम्मा एक घण्टा खर्च गरिन् । सात महिना पहिले उनी ९ सय ५७ औं वरियतामा थिइन् ।

खुट्टाको सर्जरी गरेको ११ महिनापछि स्टेफेन्स युएस ओपनको नयाँ विजेता बनेकी छन् । स्टेफेन्सका लागि युएस ओपनको उपाधि हालसम्मकै ठूलो उपाधि हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);