युएस ओपन टेनिस: सेरेना बिएन्का एण्ड्रिस्क्यूसँग पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

युएस ओपन टेनिस: सेरेना बिएन्का एण्ड्रिस्क्यूसँग पराजित

winner

एजेन्सी, २२ भदौ । अमेरिकी सेरेना विलियम्स पुनः फाइनलमा आएर स्तब्ध भएकी छन् । युएस ओपन टेनिसको फाइनलमा अमेरिकी सेरेना विलियम्स क्यानडाकी किशोरी बिएन्का एण्ड्रिस्क्यूसँग पराजित भएकी छन् ।

आठौँ बरियताकी ३७ वर्षे सेरेना १५ औँ बरियताकी १९ वर्षे बिएन्कासँग ६–३ र ७–५ को सेटमा पराजित भएकी हुन् । सेरेना विलियम्सले प्रमुख प्रतिस्पर्धाका चार फाइनलमा लगातार हार बेहोरेकी छन् । बिएन्का टेनिसको प्रमुख प्रतिस्पर्धामा उपाधि जित्ने पहिलो खेलाडी हुन् ।

यस्तै सन् २००६ यता ग्राण्डसलामको उपाधि जित्ने पहिलो किशोरी हुन् । सेरेना गएको जुलाईमा विम्बल्डन टेनिसको फाइनलमा सिमोना हालेपसँग पराजित भएकी थिइन् । यस्तै गएको वर्ष युएस ओपनमा उनी जापानकी नाओमी ओसाकासँग पराजित भएकी थिइन् । सेरेनाले कीर्तिमानसँग बराबरी गर्ने २४ औँ ग्राण्डसलाम उपाधिका लागि अझै पर्खनु पर्ने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);