टी-२० क्रिकेटको नयाँ वरियता : क्रिस गेलभन्दा पारस अगाडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

टी-२० क्रिकेटको नयाँ वरियता : क्रिस गेलभन्दा पारस अगाडी

काठमाडौं, २१ भदौ । टी–२० क्रिकेट अलराउन्डरतर्फको नयाँ वरियतामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का २७ औँ स्थानमा पर्न सफल भएका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको नयाँ वरियताको अलराउण्डरतर्फ कप्तान पारस २७ औं स्थानमा परेका हुन् ।

उनले अलराउण्डरमा वेष्ट इण्डिजका आन्द्रे रसेल, क्रिस गेल, भारतका सुरेश रैना, रोहित शर्मा, अफगानिस्तानका राशिद खान र इंग्ल्याण्डका बेन स्टोक्स लाई समेत पछि छाडेका छन् ।

नयाँ वरियतामा नेपाली टोलीका कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी अटाएका छन् । कप्तान पारसले ९० रेटिङ अंक पाएका छन् । उनकोे सर्वाधिक उच्च वरियता भने २५ रहेको छ ।

यस्तै ब्याटिङतर्फ कप्तान पारस ६८ औं स्थानमा रहेका छन् । ४ सय १७ रेटिङ अंक पाएका कप्तान पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि रहेका छन् । यस्तै अलराउण्डरतर्फ ४९ रेटिङ अंक पाएका नेपालका सोमपाल ६७ औं स्थानमा यथावत रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);