युरोकप छनौट : नेदरल्याण्डस र बेल्जियमको प्रभावशाली जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

युरोकप छनौट : नेदरल्याण्डस र बेल्जियमको प्रभावशाली जित

germany vs netherlands

एजेन्सी, २१ भदौ । युरोकप २०२० को छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा नेदरल्याण्डस र बेल्जियमले प्रभावशाली जित दर्ता गरेका छन् । समूह सी अन्तर्गत जर्मनको अवे मैदानमा भएको खेलमा नेदरल्याण्डसले जर्मनीलाई पराजित गरेको हो ।

घरेलु मैदानमै जर्मनी ४–२ ले पराजित भएको हो । पहिलो हाफमा १–० ले पछि परेको नेदरल्याण्डसले दोस्रो हाफमा तीन गोल गरेको हो । एक गोल उसले उपहारमा पायो ।

नवौँ मिनेटमा सर्गे नाब्रीले गोल गर्दै जर्मनीलाई सुरुवाति अग्रता दिलाए । ५९ औँ मिनेटमा फ्र्यांकी डी जोङ्गले नेदरल्याण्डसका लागि बराबरी गोल गरे । ६६ औँ मिनेटमा जर्मनीका जोनथन ताहले आत्मघाती गोल गरेपछि नेदरल्याण्डसले अग्रता लियो ।

७३ औँ मिनेटमा पाएको पेनाल्टीमा टोनी क्रसले गोल गर्दै जर्मनीलाई बराबरीमा ल्याए । तर त्यसपछि नेदरल्याण्डसले थप दुई गोल गरेको हो । उसका लागि राष्ट्रिय टिममा डेब्यु गरेका डनयल मालेनले ७९ औँ तथा इन्जुरी समयको पहिलो मिनेटमा विनाल्डमले गोल गर्दै नेदरल्याण्डसलाए जिताए ।

शुक्रबार राति नै भएको समूह आई अन्तर्गतको खेलमा बेल्जियमले सान मारिनोलार्य ४–० ले पराजित गरेको छ । बेल्जियमको जितमा मिची बात्शुयीले दुई तथा ड्रिएस मर्तेन्स र कासर चाड्लीले एक एक गोल गरे ।

अरु खेलमा स्लोभेनियाले पोल्याण्डलाई २–०, अस्ट्रियाले लात्भियालाई ६–०, क्रोएसियाले स्लोभाकियालाई ४–० तथा बेलारुसले इस्टोनिया, वेल्सले अजरबैजान तथा रुसले स्कटल्याण्डलाई समान २–१ ले पराजित गरेका छन् । यस्तै साइप्रस र काजखस्तानले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);