महिला विश्वकप: नेदरल्याण्डसले जापानलाई र इटालीद्धारा चीन पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

महिला विश्वकप: नेदरल्याण्डसले जापानलाई र इटालीद्धारा चीन पराजित

Netherlands-vs-Japan

एजेन्सी, ११ असार । नेदरल्याण्डस, महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत अन्तिम १६ को खेलमा मंगलबार राति जापानलाई २–१ ले पराजित गरेर नेदरल्याण्डसले अन्तिम ८ मा स्थान पक्का गरेको हो । नेदरल्याण्डसको जितमा दुवै गोल लिक मार्टेन्सले गरेकी हुन् । जापानका लागि युइ हसेगवाले एक गोल फर्काइन् । १७ औँ मिनेटमा मार्टेन्सको गोलबाट नेदरल्याण्डसले सुरुवाति अग्रता लियो ।

४३ औँ मिनेटमा हरेगवाले जापानका लागि गोल फर्काएपछि खेलमा १–१ को बराबरी भयो ।अतिरिक्त समयमा धकेलिने देखिएको खेलमा ९० औँ मिनेटमा नेदरल्याण्डसले पेनाल्टी पायो । मार्टेन्सले त्यसलाई सदुपयोग गरेर नेदरल्याण्डसका लागि विजयी गोल गरिन् । जापान अन्तिम १६ बाटै घर फर्किन बाध्य भयो । मंगलबार राति नै भएको अर्को खेलमा जित निकालेको इटाली पनि अन्तिम ८ मा पुगेको छ । इटालीले चीनलाई २–० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);