आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी पर्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी पर्न सफल

काठमाडाैं । आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन् । नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता यथावत रहेको छ ।

ब्याटिङ वरीयतामा कुशल ६० औं स्थानमा रहेका छन् । यस अघि उनी ६० औं स्थानमै रहेका थिए । नेपालका पूर्व कप्तान पारस खड्काको वरीयता पनि सुधार भएको छ । पारस ९० औं स्थानमा उक्लिएका छन् यद्यपी पारसले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन् ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा उक्लिएका छन् । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७७ औं स्थानमा रहेका छन् । नेपालको टी–ट्वान्टी र एकदिवसीय वरीयता भने यथावत रहेको छ । टी–ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ । नेपाल एकदिवसीय वरीयताको १६ औं स्थानमै रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);