मेस्सी र पीएसजीबीच दुई वर्षका लागि सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मेस्सी र पीएसजीबीच दुई वर्षका लागि सम्झौता

एजेन्सी । अर्जेटिनी खेलाडी लियोनल मेस्सी फ्रेन्च क्लब  पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आवद्ध भएका छन्।

नयाँ सम्झौताका लागि मेस्सी तयार रहे पनि क्याटलान क्लब बार्सिलोनाले आर्थिक कारणले सम्झौता नविकरण गर्न नसकेपछि हालै स्पेनिस फुटबल क्लब बार्सिलोना छाडेका मेस्सी र पीएसजीबीच दुई वर्षका लागि सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाे छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३५ मिलियन युरोमा पीएसजीमा आवद्ध हुन लागेका हुन्।

बार्सिलोनामा १७ वर्ष बिताएपछि मेसीले आइतबार क्लब छोडेका हुन्। मेस्सीले बार्सिलोनामा २१ वर्ष बताउँदा ७७८ खेलमा ६७२ गोल गरेका थिए। यस अवधिमा उनले ६ पटक बालोन डी ओर जितेका छन्।

उनले बार्सिलोनाबाट १० ला लिगा, चार च्याम्पियन्स लिग र सात पटक कोपा डल रेको उपाधि जितेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);