मेस्सी बार्सिलाेनामा रहेमा जाेसेपले अध्यक्ष पद छाड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मेस्सी बार्सिलाेनामा रहेमा जाेसेपले अध्यक्ष पद छाड्ने

messi

एजेन्सी, १२ भदौ । स्पेनी फुटबल क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउले लियोनल मेस्सी क्लबमै रहने भए आफू पद छाड्न पनि तयार रहेको बताएका छन् । मेस्सीले सार्वजनिक रूपमा बार्सिलोनामै रहने प्रतिबद्धता जनाएको खण्डमा आफू पद छाड्न तयार रहेको अध्यक्ष बारटोमेउले बताएका हुन् ।

अर्जेन्टिनी खेलाडी मेस्सीले तत्काल क्लब छाड्ने स्पष्ट गरेपछि बार्सिलोनामाथि आइपरेको संकट टार्न पद त्याग्न तयार रहेको अध्यक्ष बारटोमेउको भनाइ छ । युरोपेली च्याम्पियन्स लिगमा खराब प्रदर्शनपछि मेस्सीले सम्झौता सकिनु १ वर्ष अघि बार्सिलोना छाड्ने स्पष्ट गरेपछि विश्व फुटबलमा अहिले यो प्रकरण चर्चाको विषय बनेको छ ।

यसअघि बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर रमोन प्लेन्सले पनि मेस्सी क्लबमा रहने हो भने उनलाई केन्द्रमा राखेर टिम निर्माण गर्न आफूहरू तयार भएको बताएका थिए ।

मेस्सी १४ बर्षको उमेरदेखि बार्सिलोनामा आबद्ध छन् । विश्वकै उत्कृष्ट फुटबल खेलाडी मानिएका मेस्सीले बार्सिलोनासंगको २ दशकलामो व्यावसायीक सम्बन्ध तोड्न चाहेको तथ्य सार्वजनिक भएपछि थुप्रै युरोपेली क्लबहरु उनलाइ भित्र्याउने होडमा लागेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);