यूएस ओपनको पहिलो खेलमा मर्रे र निशिओका भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

यूएस ओपनको पहिलो खेलमा मर्रे र निशिओका भिड्ने

बेलायती टेनिस खेलाडी एन्डी मर्रेले युएस ओपनको पहिलो खेलमा जापानी खेलाडी योशिहितो निशिओकासँग खेल्ने भएका छन् । यूएस ओपनले सार्वजनिक गरेको तालिका अनुसार मर्रेले पहिलो खेलमा निशिओकासँग खेल्ने भएको हो ।

न्युयोर्कमा हुने यूएस ओपन अगस्ट ३१ बाट सुरु हुनेछ । ३३ वर्षीय पूर्व विश्व नम्बर एक मर्रेले २०१९ पछि पहिलोपटक मुख्य प्रतियोगिता खेल्न लागेका हुन् । चोटको कारण २०१९ को अष्ट्रेलियन ओपन पछि मर्रेले मुख्य प्रतियोगिता खेलेका थिएनन् । मर्रेले हालै वेस्टर्न एण्ड साउदर्न ओपन खेलेका थिए ।

विश्व नम्बर एक नोभाक जोकोभिकले पहिलो खेलमा बोस्नियाका दामिर जुमहुरविरुद्ध खेल्ने छन् । तर, यस पटक साविक विजेता राफायल नाडालले भने यूएस ओपन खेल्ने छैनन् । कोरोनाको महामारीको कारण उनले नाम फिर्ता लिएका हुन् । यस्तै कोरोना देखिएपछि जापानका केइ निशिकोरीले पनि यूएस ओपन गुमाउने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);