नाओमी ओसाका वेस्टर्न एण्ड साउदर्न ओपनको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नाओमी ओसाका वेस्टर्न एण्ड साउदर्न ओपनको फाइनलमा

एजेन्सी, १३ भदौ । जापानी टेनिस खेलाडी नाओमी ओसाका वेस्टर्न एण्ड साउदर्न सिनसिनाटी ओपनको फाइनलमा प्रवेश गरेकी छिन् । गयराति अमेरिकाको न्युयोर्कमा भएको सेमिफाइनल बेल्जियमकी एलिस मेर्टेन्सलाई हराउँदै ओसाका फाइनल प्रवेश गरेकी हुन् ।

चौंथो वरियताकी ओसाकाले मेर्टेन्सलाई ६–२ र ७–६ को सेटमा पराजित गरिन् । अब उपाधिका लागि ओसाकाले जोहान्ना कोन्टा र भिक्टोरिया अजेरिन्काबीचको विजेतासँग खेल्ने छिन् ।

यसअघि ओसाकाले अमेरिकाका एक अश्वेत नागरिकमाथि गोली प्रहारको विरोधमा सेमिफाइनल खेल खेल्न अस्विकार गरेकी थिइन् । तर पछि आएर अश्वेतविरुद्ध आवाज बुलन्द बनाउनका लागि खेल खेल्ने निर्णय गरेको ओसाकाले बताएकी छिन् । उनले ब्लाक लाइभ्स म्याटर लेखेको टिसर्ट समेत लगाएकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);