यूएस ओपनकाे फाइनलमा ओसाका र अजरेन्का भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

यूएस ओपनकाे फाइनलमा ओसाका र अजरेन्का भिड्ने

एजेन्सी, २६ भदाै । यूएस ओपन २०२० को महिला फाइनलमा जापानकी नाओमी ओसाका र बेलारुसकी भिक्टोरिया अजरेन्का भिड्ने भएका छन् । शुक्रबार भएका सेमिफाइनलहरुमा ओसाकाले अमेरिकाकी जेनिफर ब्राडीलाई र अजरेन्काले अमेरिका कै सेरेना विलियम्सलाई पराजित गर्दै फाइनलमा स्थानमा बनाएका हुन् ।

पहिलो सेमिफाइनलमा ओसाकाले ब्राडीलाई संघर्षपूर्ण खेलमा ७–६, ३–६ र ६–३ ले हराइन् । दोश्रो सेमिफाइनलमा भने अजरेन्काले सेरेनालाई १–६, ६–३ र ६–३ ले पराजित गरिन् । दुईपल्टकी अस्ट्रेलियन ओपन विजेता अजरेन्का ग्रान्ड स्लाम प्रतियोगिताको फाइनल पुगेको सात वर्षयता यो पहिलोपल्ट हो । त्यसैगरी चौथो वरीयताकी २२ वर्षीया ओसाका सन् २०१८ की यूएस ओपन विजेता पनि हुन् ।

फाइनल आइतबार हुनेछ । सेमिफाइनलमा हारसँगै ३८ वर्षीया सेरेनाको २४औं ग्रान्डस्लाम उपाधि जित्ने सपना अधुरै रह्यो । सेरेना यूएस ओपनको पछिल्ला दुवै संस्करणको फाइनलमा पराजित रहेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);