इंग्ल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

इंग्ल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया विजयी

एजेन्सी, २७ भदौ । इंग्ल्याण्ड विरुद्ध तीनमध्ये पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले १९ रनको जित हात पारेको छ । इंल्याण्डको म्यान्चेस्टरमा जितका लागि २ सय ९५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीलाई २ सय ७५ रनमा समेटेर अष्ट्रेलीयाले १९ रनको जित हात पारेको हो ।

आज विहान सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९४ रन बनायो । अष्ट्रेलियाका आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले ५९ बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ७७ रनको योगदान दिए । त्यसैगरी मिचेल मार्सले ७३, र कमार्कस स्टोइनिसले ४३ रन बनाए । इंग्ल्याण्डका जोफ्रा आर्चर र मार्कउडले ३–३ तथा अदिल रशिदले २विकेट लिए ।

जवाफमा साम विलिंग्सको शतकका बाबजुद इंग्ल्यान्डले ५० ओभारमा ९ विकेट गुमाएर २ सय ७५ रनमात्र बनाउन सक्यो । इंग्ल्याण्डका विलिंग्सले १ सय १८ र जोनी बेयरस्टोले ८४रन बनाए । अष्ट्रेलीयाका एडम जाम्पाले ४ तथा जोश हेजलवुडले ३ विकेट लिए ।

दोस्रो खेल आइतबार र तेस्रो तथा अन्तिम खेल बुधबार हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);