अष्ट्रेलियाविरुद्धको पहिलो पहिलो टि–२० क्रिकेटमा इंग्ल्याण्ड विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अष्ट्रेलियाविरुद्धको पहिलो पहिलो टि–२० क्रिकेटमा इंग्ल्याण्ड विजयी

एजेन्सी, २० भदौ । अष्ट्रेलियाविरुद्धको तीनमध्ये पहिलो पहिलो टि–२० क्रिकेटमा इंग्ल्याण्डले २ रनको रोमान्चक जित हासिल गरेको छ । इंग्ल्याण्डको साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनायो ।

इंग्ल्यान्डका डेविड मलानले सर्वाधिक ६६ , जोस बटलरले ४४ र क्रिस जोर्डन १४ रन बनाए । अष्ट्रेलियाका स्पिनर एश्टन अगर, ग्लेन म्याक्सवेल, केन रिचर्ड्सनले २–२ विकेट लिए । इंग्ल्यान्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन मात्र जोड्न सक्यो ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्च र डेविड वार्नरले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । फिन्च ४६ रनमा आउट भए । स्टिभ स्मिथले १८ रन जोडे । यस्तै डेविड वार्नरले ५८ रन जोडे । इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र आदील राशिदले २-२ विकेट लिँदा मार्क वुडले १ विकेट हात परे ।

तीन खेलको सिरिज अन्तर्गत दोस्रो खेल आइतबार र अन्तिम खेल मंगलबार साउथह्याम्पटनमै हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);