यूईएफए नेसन्स लिगमा आज राति आठ खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

यूईएफए नेसन्स लिगमा आज राति आठ खेल हुँदै

एजेन्सी, १९ भदौ । युरोपियन फुटबल यूईएफए नेसन्स लिगमा आज राती विभिन्न आठ खेलहरु हुँदैछन् । बिहीबारबाट सुरु भएको नेसन्स लिग अन्तर्गत आज राती इटाली, नेदरल्यान्ड्स, नर्वे, पोल्याण्ड लगायतका राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

इटालीले नेसन्स लिगको पहिलो खेलमा आज बोस्निया हर्जगोभिनासँग खेल्दैछ । इटालीले बोस्नियासँग आफ्नै घरेलु मैदानमा खेल्नेछ । दुइ टोली बीचको खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ ।

त्यसैगरी नेदरल्यान्ड्सले पोल्याण्डसँग खेल्नेछ । नेदरल्यान्ड्सको घरेलु मैदानमा हुने खेल पनि राति साँढे १२ बजेनै सुरु हुनेछ । नर्वेले अष्ट्रियासँग घरेलु मैदानमै खेल्नेछ ।त्यस्तै स्कटल्याण्डले इजरायल, रोमानियाले नर्दन आयरल्याण्ड र बेलारुसले अल्बानियासँग खेल्ने छन् ।

अन्य खेलमा स्लोभाकियाले चेक रिपब्लिक तथा लिथुवानियाले काजकिस्तानसँग खेल्ने छन् । कोरोना महामारीका कारण सबै खेल बन्द रंगशालामा हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);