महिला बिग ब्यास क्रिकेट अर्काे महिना देखि सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महिला बिग ब्यास क्रिकेट अर्काे महिना देखि सुरु

एजेन्सी, १९ भदौ । आगामी अक्टोबर २५ तारिखबाट अष्ट्रेलियामा महिला बिग ब्यास क्रिकेट लिग सुरु हुने भएको छ । महिला बिग ब्यास क्रिकेट लिग प्रतियोगितामा सबै ५९ खेल अष्ट्रेलियाको सिड्नीमा हुने भएका छन । सो समयमा सिड्नी क्रिकेट मैदानमा तीन सातासम्म अर्केा प्रतियोगिता हुने भएकाले महिला बिग ब्यास लिग उत्तरी सिड्नी ओभल, हर्टसभिले ओभल र ब्ल्याकटाउन इन्टरनेशनल पार्कमा हुने भएका छन् ।

प्रतियोगिताको खेल तालिका, प्रशारण समय र बाँकी सबै नियमहरु चाँडै सार्वजनिक हुने बताइएको छ । प्रतियोगितामा विदेशी खेलाडीको सहभागिताका विषयमा पनि प्रक्रिया सुरु गरेको बताइएको छ ।अष्ट्रेलियन महिला टिमले कोरोनापछि पहिलो पटक न्युजिल्याण्डसँग ३ टी २० र ३ एकदिवसिय खेलको सिरीज यो महिनामा नै खेल्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);