सन्दीप लामिछाने सोमबार स्वदेश फर्किए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सन्दीप लामिछाने सोमबार स्वदेश फर्किए

काठमाडौं, ७ माघ । बंगलादेश प्रिमियर लिग र अष्ट्रेलियामा जारी बिग बास लिगका केही खेल खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सोमबार स्वदेश फर्किएका छन् ।

मंगलवारदेखि हुने नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि सन्दीप स्वदेश फर्किएका हुन ्। बंगलादेशमा सिलेट सिक्सर्सबाट बीपीएलका ६ खेल खेलेर सन्दीप सोमबार स्देश फकिएका हुन् । उनले सिलेटका लागि ६ खेलबाट ४ विकेटसमेत लिए ।

युएई भ्रमणमा नेपालले घरेलु टोलीसँग समान ३–३ एकदिवसीय र टी –२० सिरिज खेल्नेछ । नेपाली टोली मंगलबार युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ । बंगलादेशअघि सन्दीप अष्ट्रेलियाको बिग ब्यास लिग खेल्न गएका थिए । मेलबर्न स्टार्सबाट बिग ब्यासमा सुरूवाती चार खेल खेलेका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेट लिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);