नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

cricket toli swadesh firta

काठमाडौं, ६ माघ । थाईल्याण्डमा भएको टी–२० स्यास क्रिकेटमा उपविजेता बनेको नेपाली महिला टिम स्वदेश फर्किएको छ । आइतवार स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसंगको कुराकानीमा नेपाली महिला क्रिकेट टिमका प्रशिक्षक बिनोद दासले नेपाली खेलाडीहरुले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए । त्यसैगरी टिमकी कप्तान कप्तान रुवीना क्षेत्रीले थाइल्याण्डमा भएको प्रतियोगिताले खेलाडीलाई मानसिक रुपमा बलियो बनाएको प्रतिक्रिया दिइन्।

१२ बर्षपछि फाइनलमा पुगेर उपविजेता बनेको नेपाली महिला क्रिकेट खेलाडीले अहीलेसम्मकै राम्रो प्रदर्शन गरेको खेलाडीहरुको भनाई छ । । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले फाइनलमा भने घरेलु टिम थाईल्याण्डविरुद्ध शशक्त प्रदर्शन गर्न सकेन ।

फाइनलमा नेपालले थाइल्याण्डसँग ७० रनको पराजय ब्यहोरेको थियो । जसका कारण १२ बर्ष पछि पहिलो उपाधि जित्ने लक्ष्यमा नेपाल असफल हुन पुग्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);