सन्दीप बिग बासमा बिकेनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सन्दीप बिग बासमा बिकेनन्

काठमाडौैं । नेपाली राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) को ड्राफ्टमा अनसोल्ड भएका छन् ।

अस्ट्रेलियन लिगका लागि आइतबार भएको ड्राफ्टमा सन्दीपलाई कुनै टिमले किनेनन् । बिबिएलका आठ टिमले २४ विदेशी खेलाडी अनुबन्धित गरेका छन् । यसपटक बीबीएलको ड्राफ्टमा सन्दीपसँगै सुवास खकुरेल पनि परेका थिए। तर, दुवै विक्री हुन सकेनन् । सन्दीपले बीबीएलको पछिल्लो चार संस्करण खेलेका थिए । पहिलो दुई सिजन मेलबर्न स्टारबाट खेलेका सन्दीप त्यसपछि होबर्ट हुरिकेन्सबाट खेलेका थिए ।

सन्दीपको कप्तानीमा रहेको नेपाली टिम हाल पाँच टी-२० र तीन एकदिवसीय खेलको लागि केन्या भ्रमणका रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);