सन्दीप बिग बास लिगका लागि मेलबर्न स्टार्समा आवद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सन्दीप बिग बास लिगका लागि मेलबर्न स्टार्समा आवद्ध

Sandeep-Lamichhane

काठमाडौं, ६ कात्तिक । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट लिग बिग ब्यास लिग(बीबीएल)का लागि मेलबर्न स्टार्समा आवद्ध भएका छन् । डिसेम्बर देखि मेलबर्न स्टार्समा आवद्ध हुने लामिछाने हाल विश्वकै प्रमुख क्रिकेट लिग खेलिरहेका छन् ।

सन्दीप डिसेम्बर १० मा टिममा सहभागी भए पनि जनवरी ५ मा बंगलादेश प्रिमियर लिग खेल्न जानेछन् । बंगलादेश प्रिमियर लिग सकिएपछि पुनः उनी बीबीएलका लागि अष्ट्रेलिया फर्किने जनाइएको छ ।

गएको जनवरीमा दिल्ली डेयरडेभिल्समा आवद्ध हुँदै आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका सन्दीप लामिछानेले आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेसंगै एकपछि अर्को गर्दै विश्वकै प्रमुख क्रिकेट लिगहरुमामा उनको माग बढिरहेको छ ।

क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी–२० लिग क्यानडा, बंगलादेश प्रिमियर लिग हुँदै उनी बीबीएलसम्म आइपुगेका हुन् । सन्दीपले यसअघि पनि अष्ट्रेलियामा ग्रेड क्रिकेट खेलेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);