अस्ट्रेलियाको बिग बासमा सन्दीप, पारिश्रमिक कम्तीमा ६० हजार डलर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अस्ट्रेलियाको बिग बासमा सन्दीप, पारिश्रमिक कम्तीमा ६० हजार डलर

sandip

काठमाडौं, ६ कात्तिक । नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् ।

उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको छ । सन्दीपले कीर्तिमानी रकममा बिग बास खेल्न लागेका हुन् । उनी बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर हुनेछन् । १८ बर्षे लेग स्पिनर सन्दीप मेलबर्नबाट दुई सत्रमा खेल्नेछन् । उनी बिग बास खेल्न डिसेम्बर १० मा अस्ट्रेलिया पुग्नेछन् ।

सन्दीपको पारिश्रमिकबारे सबै टुंगो भने लागेको छैन । प्रतिम्याचका हिसाबमा वा प्रतियोगिताभरिका लागि पनि हुन सक्छ । तर उनले कम्तीमा ६० हजार डलर पाउने छन्, सन्दीपका व्यवस्थापक एवं नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिस्ट रमन सिवाकोटीले भने । समाचार आजको कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);