बिग बास खेल्न सन्दीप अष्ट्रेलिया प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बिग बास खेल्न सन्दीप अष्ट्रेलिया प्रस्थान

काठमाडौं, ३० मंसिर । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने अष्ट्रेलियन फ्रेन्चाईज लिग बिग बास खेल्न त्यस तर्फ प्रस्थान गरेका छन् । लेग स्पिनर सन्दीप मंगलबार अष्ट्रेलिया प्रस्थान गरेका हुन् । स

न्दीप भोली अष्ट्रेलीयाको एडिलेटमा पुग्ने छन् । उनी एडिलेटमा अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ क्वारेन्टिनको समय पुरा गरेपछि उनी आफ्नो टिमसंग जोडिनेछन् ।

पछिल्ला २ सिजनमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीप बिग बासको यो सिजनमा होबार्ट हुरिकेन्सबाट खेल्नेछन् । बिगबासको गत बिहीबारबाट शुरु भैसकेको छ ।

पछिल्लो समय कोरोनाका कारण समस्याग्रस्त सन्दीप संक्रमण मुक्त भएपछि बिग बासका लागि तयार भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);