गौतमबुद्ध कप टी-२० क्रिकेटको उपाधि राप्ती टिमलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

गौतमबुद्ध कप टी-२० क्रिकेटको उपाधि राप्ती टिमलाई

चितवन, ३० मंसिर । गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि राप्ती टिमले जितेको छ । मंगलबार फाइनल खेलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले पहिलो संस्करणको गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा १ सय ४४ रनको लक्ष्य पछ्याएको नारायणी २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रनमा समेटियो । नारायणीका आरिफ शेखले सर्वाधिक ४८ रन बनाए । ३१ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै, रित गौतम र इशान पाण्डेले समान २७–२७ रनको योगदान गरे । राप्तीका अविनास बोहराले ३ तथा भुवन कार्कीले २ विकेट हात पारे ।

यो खेलमा पहिले ब्याटिङ गरेको नारायणीले २० ओभरमा १ सय ४३ रन बनाएको थियो । राप्तीको लागि कुशल भुर्तेलले सर्वाधिक ४२ , बिनोद भण्डारीले ३२, अमित श्रेष्ठले १७ र शरद भेषवाकरले १० रन बनाए । नारायणीका शाहाब आलमले ३, सुशन भारीले २ र कप्तान करन केसीले १ विकेट हात पारे ।

तीन टिम सहभागी यो प्रतियोगिता बागमती प्रदेश क्रिकेट संघले आयोजना गरेको थियो । प्रतियोगितामा सहभागि बागमतीले भने लिग चरणका दुवै खेल हारेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);