प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

काठमाडौँ, १७ माघ । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।शनिबार भएको फाइनलमा शसस्त्र प्रहरीको एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा २ सय १२ रनको लक्ष्य पच्छ्याएको एपीएफलाई १ सय ७८ रनमा समेटेर आर्मिले पहिलो पटक प्रधानमन्त्री कप क्रिकेट उपाधि जितेको हो । यो ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो ।

साविक विजेता एपीएफका लागि आरिफ शेखले ६१ र सन्दीप जोराले २९ रन बनाए । आर्मीका बिक्रम सोब, जितेन्द्र मुखिया र शहाब आलमले ३–३ विकेट लिए । यो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

आर्मीका लागि हरी चौहानले सर्वाधिक ५८, राजेश पुलामीले २८ र शाहब आलम २५ रन बनाए । एपीएफका अविनास बोहोराले ४ र किशोर महतोले २ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);