प्रधानमन्त्री कप : त्रिभुवन आर्मी फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी फाइनलमा प्रवेश

आर्मीद्वारा प्रदेश तीन १ सय १७ रनले पराजित

काठमाडौं, २२ जेठ । विभागिय टिम त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा पारस खड्काको कप्तानीमा रहेको प्रदेश नम्बर ३ लाई १सय १७ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आर्मीले दिएको ३सय १० रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश ३ ले ५० ओभरमा ९ विकेट गुमाएर १सय ९२ रन मात्रै बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३सय ९ रन बनाएको थियो । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);