प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मीको दोश्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मीको दोश्रो जित

pm cup

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा आर्मीले प्रदेश एकलाई ११३ रनले पराजित गरेको हो ।

कीर्तिपुर स्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ४५ ओभर तीन बलमा दुई सय चार रनमा अलआउट भयो । आर्मीका लागि लागि हरी चौहानले ४१ तथा विनोद भण्डारीले ३० रन बनाए । यस्तै राजेश पुलामीले ५६, करण केसीले २६ रनको योगदान गरे । यस्तै कुशल मल्लले १६ रन थपे ।

जवाफमा प्रदेश एक २६ ओभर ५ बलमा मात्र ९१ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । प्रदेश एकका लागि राजन मगरले सर्वाधिक २६ रन बनाए । २० रनमा पहिलो विकेट गुमाएको प्रदेश एकले ४७ रन बनाउदा ७ विकेट खेर फालेको थियो । तर त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन । अन्ततः ९१ रनमा अलआउट भयो ।

समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);