सशस्त्रलाई हराउँदै नेपाल पुलिस प्रधानमन्त्री क्रिकेटको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सशस्त्रलाई हराउँदै नेपाल पुलिस प्रधानमन्त्री क्रिकेटको फाइनलमा

pm-cup-police vs apf

काठमाडौं, २३ जेठ । विभागीय टिम नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनलमा अर्काे बिभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लवलाई ५ विकेटले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन बिश्व बिद्यालयको क्रिकेट मैदानमा भएको खेलमा एपीएफले दिएको ४२ रनको सामान्य लक्ष्य पुलिसले ९ ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २२ ओभर १ बलमा अलआउट हुँदै ४१ रन बनाएको थियो ।

जितसंगै पुलिसले अव शनिबार हुने फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबसंग खेल्नेछ । आर्मी प्रदेश ३ लाई हराएर यसअघि नै फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);