विश्वकप क्रिकेट: न्युजिल्याण्डद्वारा बंगलादेश पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

विश्वकप क्रिकेट: न्युजिल्याण्डद्वारा बंगलादेश पराजित

new zeland

एजेन्सी, २३ जेठ । विश्वकप क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा न्युजिल्याण्ड विजयी भएको छ ।

ओभलमा भएको खेलमा न्युजिल्याण्डले बंगलादेशलाई दुई विकेटले हराएको हो । २४५ रनको लक्ष्य लिएको न्युजिल्याण्डले ४७ ओभर एक बलमा ८ विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि रोस टेलर ८२, कप्तान केन विलियम्सनले ४० तथा मार्टिन गुप्टिल र जेम्स नीशमले समान २५–२५ रन बनाए । बंगलादेशका मेहिदी हसन मिर्जा, शकिब अल हसन, मोहम्मद शैफुद्दिन र मोसाद्देक हुसैनले समान दुई दुई विकेट लिए ।

यसअघि न्यूजील्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको बंगलादेश ४९ ओभर दुई बलमा अलआउट हुँदै २४४ रन बनाएको हो । बंगलादेशका शकिब अल हसनले सर्वाधिक ६४ रन बनाए । यस्तै मोहम्मद सैफुद्दिनले २९, मोहम्मद मिथुनले २६, सौम्य सरकारले २५, तमिम इम्वालले २४, महमुदुल्लाहले २० र मुश्फीर रहिमले १९ रन जोडे । बलिङतर्फ न्यूजिल्याण्डका म्याट हेनरीले सर्वा्धिक चार विकेट लिए। यस्तै ट्रेन्ट बोल्टले दुई तथा लकी फर्गुसन, कोलिन डि ग्रान्धोम र मिचेल सान्टनरले समान एक– एक विकेट लिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);