प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मीको विजयी शुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मीको विजयी शुरुवात

प्रधानमन्त्री कप

उद्घाटन खेलमा आर्मीद्वारा प्रदेश दुई १ सय ७१ रनको अन्तरले पराजित

काठमाडौं, १० जेठ । विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा प्रदेश नम्बर २ लाई १सय ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आर्मीले दिएको २सय ७९ रनको लक्ष्य पछ्याएको प्रदेश २ले ३१ ओभर ४ बलमा अलआउट हुँदै १सय ७ रन मात्र बनाउन सक्यो । टस हारेर पहिला व्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २सय ७८ रन बनाएको थियो ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरि १० टिमको सहभागीता रहेको छ । सहभागि टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ । प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री जगत बिश्वकर्माले गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);