कञ्चनपुरमा प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिता शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

कञ्चनपुरमा प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिता शुरु

प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट

उद्घाटन खेलमा सुदूरपश्चिमद्वारा गण्डकी प्रदेश नौ विकेटले पराजित

कञ्चनपुर, ४ असार । सुदूरपश्चिम प्रदेशले कञ्चनपुरमा सुरु भएको प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । महेन्द्रनगरमा बुधबार भएको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिमले बिजयी सुरुवात गरेको हो । गण्डकीले दिएको ५९ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा अलआउट हुँदै ५८ रन बनाएको थियो । प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहेको छ । जसमा सात प्रदेश र एक सशस्त्र प्रहरीको विभागीय टिम एपीएफको सहभागिता रहेको छ । ८ टोलीलाई २ समूह विभाजन गरिएको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);