महिला विश्वकप फुटबल: इंग्ल्याण्डद्वारा जापान पराजित, अर्जेन्टिना बराबरीमा रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

महिला विश्वकप फुटबल: इंग्ल्याण्डद्वारा जापान पराजित, अर्जेन्टिना बराबरीमा रोकियो

japan-england

काठमाडौं, ५ असार । महिला विश्वकप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा इंग्ल्याण्ड समूह विजेताका रुपमा प्रवेश गरेको छ । समूह चरणका सबै तीन खेलमा जित निकाल्दै इंग्ल्याण्ड समूह विजेताका रुपमा प्रवेश गरेको हो ।

समूह डी मा रहेको इंग्ल्याण्डले जापानलाई २–० ले हराएको हो । उसको जितमा दुवै गोल एलन ह्वाइटले गरेकी हुन् । सन् २०११ को विजेता जापान एक खेलमा जित, एकमा बराबरी र एकमा हारसहित समूह उपविजेता बन्यो । समूहको अर्को खेलमा स्कटल्याण्ड र अर्जेन्टिनाले ३–३ को बराबरी खेले ।

एक अंक मात्रै जोडेको स्कटल्याण्ड बराबरीसँगै समूहको पुछारमा रह्यो र उसको अघिल्लो चरण पुग्ने सम्भावना सकियो । दुई अंक रहेको अर्जेन्टिनाको भने तेस्रो स्थानमा रहने टिम मध्येबाट अन्तिम १६ मा पुग्ने सम्भावना कायम छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);