नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा

काठमाडौं, २ मंसिर । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले घरेलुटोलीसंग गोलरहित बराबरी खेलेको हो ।

बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि नेपालले गोल गर्न सकेन् । रक्षात्मक खेल्दै काउन्टर अट्याकमा जोड दिएको बंगलादेशले पनि उत्कृष्ट आक्रमण गर्न सकेन । बराबरीसँगै ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ बंगलादेशले जितेको छ ।

बंगलादेशले दुई खेलको सिरिजमा एक जित र एक बराबरी खेल्दै सिरिजमा कब्जा जमाएको हो । शुक्रबार भएको पहिलो मैत्रीपूर्णमा बंगलादेशले नेपाललाई २–० गोल अन्तरले हराएको थियो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ ।

समूह ’बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);