इंग्ल्याण्ड क्रिकेट टोलीको पाकिस्तान भ्रमण स्थगित गर्न प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इंग्ल्याण्ड क्रिकेट टोलीको पाकिस्तान भ्रमण स्थगित गर्न प्रस्ताव

एजेन्सी, २ मंसिर । इंग्ल्याण्ड क्रिकेट टोलीकोे पाकिस्तान भ्रमण सर्ने सम्भावना बढेको छ । जनवरीको अन्त्य वा फेब्रेअरीको सुरुवातमा हुने तय भएको पाकिस्तानको भ्रमण सार्न इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड इसीबीले प्रस्ताव गरेको छ ।

इसीबीले भारतमा हुने टी –२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर पाकिस्तानको भ्रमण सार्ने प्रस्ताव गरेको हो । पाकिस्तानको भ्रमणपछि भारतमा टी–२० विश्वकप खेल्न जाने इंग्ल्याण्डको योजना छ । त्यसका लागि सन् २०२१को अक्टुबरमा पाकिस्तानको भ्रमण गर्ने इसीबीको प्रस्ताव छ ।

२०२१ को शुरुमै भारत र श्रीलंकासँग क्रिकेटमा व्यस्ता रहने र केही खेलाडीहरु अष्ट्रेलीयाको बिग ब्यास लिगका लागि व्यस्त बन्ने भएकाले पनि पाकिस्तान भ्रमणको तालिका पर सार्न उचितहुने इंग्ल्याण्डको भनाइ छ ।

इंग्ल्याण्डले २००५ देखि पाकिस्तानमा क्रिकेट श्रृखला खेलेको छैन् । पाकिस्तानले पनि इंग्ल्याण्ड भ्रमण सफल बनाउनकै लागि अक्टोबरसम्म कुर्ने योजना समेत बनाएको बताईएको छ ।

पाकिस्तानले इंग्ल्याण्डको राष्ट्रिय क्रिकेट टोलीसंगै खेल्न अक्टोबरसम्म कुर्ने योजना बनाएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । २००९ मा श्रीलंकाकाली क्रिकेट टोलीमाथि भएको आतंककारी आक्रमणपछि पाकिस्तानले अन्तराष्ट्रिय टेस्ट क्रिकेटको श्रृखला आयोजना गरेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);