विश्वकप क्रिकेट: इंग्ल्याण्डद्वारा न्युजिल्याण्ड पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

विश्वकप क्रिकेट: इंग्ल्याण्डद्वारा न्युजिल्याण्ड पराजित

england v nealand

काठमाडौं, १९ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बुधवारको खेलमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।

म्यानचेस्टरमा भएको लिग चरणको अन्तिम खेलमा न्युजिल्याण्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो ।म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा इंग्ल्याण्डले दिएको ३०६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४५ ओभरमा अलआउट हुँदै १८६ रनमा समेटियो । न्युजिल्याण्डका लागि टम लाथमले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै रोस टेलरले २८ तथा कप्तान केन विलियम्सनले २७ रन बनाए । न्युजिल्याण्डलाई सस्तैमा समेट्न मार्क वुडले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धा्रित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो । इंग्ल्याण्डका लागि ओपनर जोनी बेयस्ट्रोले शतकीय इनिङ्स खेले । उनले ९९ बलमा १५ चौका र १ छक्काको मद्दतले १ सय ६ रनको शतकीय इनिङ्स खेले । यस्तै अर्का ओपनर जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गेन ४२, जोय रुट २४, आदील रशिद १६, लाइम प्लुन्केट १५ तथा बेन स्ट्रोक्स र जस बट्लरले समान ११र११ रनको योगदान गरे । न्युजिल्याण्डका ट्रेन्ट बोल्ट, म्याट हेनरी र जेम्स निशमले समान २ र २ विकेट हात पारे ।जितसंगै इंग्ल्याण्ड विश्वकपको सेमिफाइनल पुग्ने तस्रो टोली बनेको छ । अब एक टोलीले विश्वकपको सेमिफाइनलमा स्थान बनाउने छन् । जितपछि इंग्ल्याण्डले ९ खेलबाट १२ अंक जोडेको छ । इंग्ल्याण्ड तेस्रो स्थानमा रहेको छ । आफ्नो अन्तिम लिग खेलमा पराजित भएपनि न्युजिल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ । न्युजिल्याण्डको ९ खेलबाट ११ अंक रहेको छ । अब पाकिस्तान र बंगलादेशबीचको खेलले सेमिफाइनल पुग्ने अन्तिम टोलीको तय हुनेछ । पाकिस्तानको पनि सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ । बंगालदेश भने बाहिरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);