भारतलाई हराउँदै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

भारतलाई हराउँदै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौं, २५ असार । न्युजिल्याण्ड १२औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टरमा बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड उपाधि नजिक पुगेको हो ।

न्युजिल्याण्डले दिएको २सय ४० रनको सामान्य लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय २१ रनमा समेटियो । भारतका लागि रबिन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । जडेजाले ७७ तथा धोनीले ५० रन बनाए ।

भारतिय चर्चित खेलाडी रोहित शर्मा, विराट कोहली र केएल राउलले मात्र १/१ रन बनाएर आउट भए । यसैगरी रिसव पन्तले ३२ रन बनाएर आउट भए भने दिनेश कार्तिकले ६ रन बनाएर आउट भएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २सय ३९ रन बनाएको थियो । न्युजिल्याण्डका लागि रोस टेलर र कप्तान केन विलियम्सनले अर्धशतकीय इनिङ्स खेलेका थिए । टेलरले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विलियम्सनले ६७ रन बनाएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);