विश्वकप क्रिकेट: भारतलाई हराउँदै न्यूजील्याण्ड फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

विश्वकप क्रिकेट: भारतलाई हराउँदै न्यूजील्याण्ड फाइनलमा प्रवेश

india vs newzealand

काठमाडौं, २६ असार । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारतलाई हराउँदै न्यूजिल्यान्ड लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा पुगेको हो । २४० रनको चुनौती पछ्याउनेक्रममा बुधबार भारतले ४९ ओभर ३ बलमा ‘अलआउट’ हुँदै २२१ रनमात्र बनाउन सक्यो ।सातौं विकेटका लागि रविन्द्र जडेजा र महेन्द्रसिंह धोनीबीच ११६ रनको साझेदारी भएपछि भारत जितनजिक पुगे पनि अन्ततः पराजित भएको हो । जडेजाले ५९ बलमा ७७ तथा धोनीले ‘रनआउट’ हुनुअघि ७२ बलमा ५० रन बनाएका थिए ।त्यसअघि, भारतले ९२ रन जोड्दा ६ विकेट गुमाएको थियो । जारी विश्वकपमा पाँच शतक बनाएका रोहित शर्मा, कप्तान विराट कोहली र लोकेश राहुल समान १ रनमा आउट भए । ५ रन जोड्दा भारतले सुरुआती तीन ब्याट्सम्यानलाई गुमाएको थियो । ऋषभ पन्त र हार्दिक पाण्डेयाले समान ३२ रन बनाए । न्यूजिल्यान्डका माट् हन्रीले ३ तथा ट्रेन्ट बोल्ट र मिचेल सान्तनरले समान २ विकेट लिए । यसअघि, न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारतले मध्यम चुनौती पछ्याएको थियो ।

मंगलबार न्यूजिल्यान्डले ४६ ओभर १ बल खेल्दा ५ विकेटको क्षतिमा २११ रन बनाएपछि वर्षाले खेल हुन नसक्दा बुधबार बाँकी ओभरबाट न्यूजिल्यान्डले खेल्न थालेको थियो । न्यूजिल्यान्डका रोस टेलरले ७४ तथा कप्तान केन विलियमसनले ६७ रन बनाएका थिए ।भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए ।जितसँगै न्यूजिल्यान्ड लगातार दोस्रोपटक फाइनलमा पुगेको छ । अघिल्लो संस्करणमा न्यूजिल्यान्ड फाइनलमा अष्ट्रेलियासित पराजित भएको थियो । दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र आयोजक राष्ट्र इंग्ल्यान्ड खेल्नेछन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);