महिला विश्वकप: नेदरल्याण्डस पहिलो पटक फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महिला विश्वकप: नेदरल्याण्डस पहिलो पटक फाइनलमा प्रवेश

nertherland vs sweden

एजेन्सी, १९ असार । नेदरल्याण्डस महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलमा स्वीडेनलाई पराजित गर्दै नेदरल्याण्डसले पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा स्थान बनाएको हो ।फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । नेदरल्याण्डसका लागि ९९ औँ मिनेटमा ज्याकी खुनाले गरेको गोल नै जितका लागि पर्याप्त भयो । युरोपियन च्याम्पियन नदरल्याण्डसले उपाधिका लागि साबिक विजेता अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । फाइनल खेल आउँदो आइतबार लियोनमा हुनेछ । अमेरिकाले इंग्ल्याण्डलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो । तेस्रो स्थानका लागि स्वीडेनले इंग्ल्याण्डको सामना गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);