'राष्ट्रिय खेलकुद संघको सिफारिसमा मात्रै अरु संस्थाहरु दर्ता गर्ने कानुनी व्यवस्था होस्' | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

‘राष्ट्रिय खेलकुद संघको सिफारिसमा मात्रै अरु संस्थाहरु दर्ता गर्ने कानुनी व्यवस्था होस्’

olampik kamuniti jiwanraj sth

काठमाडौं, १८ असार । विज्ञहरुले राष्ट्रिय खेलकुद संघहरुको सिफारिसमा मात्रै प्रदेश र स्थानीय तहमा खेलकुद सम्बन्धि संस्थाहरु दर्ता गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् ।

बुधबार संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५’ माथिको छलफलमा भाग लिँदै पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद संघहरुको सिफारिस विनानै प्रदेश र स्थानीय तहमा खेलकुद संघ दर्ता गरिए त्यसले ठूलो द्वन्द्व निम्त्याउनेतर्फ सरकारलाई सचेत गराउनु भयो ।

त्यसैगरी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराज श्रेष्ठले राष्ट्रिय खेलकुद संघहरुको सिफारिसमा मात्रै प्रदेश र स्थानीय तहमा खेलकुद संघहरु दर्ता गरेर अघि बढ्दा मात्रै खेलकुद क्षेत्रका संघहरुबीच द्धन्द्ध नहुने बताउनुभयो ।

बैठकमा वरिष्ठ अधिवक्ता ओम थपलियाले पनि राष्ट्रिय खेलकुद संघहरुलाई राष्ट्रिय खेलकुद परिषदबाट सम्बन्धन लिनुपर्ने व्यवस्था अन्तराष्ट्रिय रुपमा पनि प्रचलनमा आएकाले नेपालले पनि सोही अनुसार अघि बढन उपयुक्त हुने सुझाव दिनु भयो ।

वरिष्ठ अधिवक्ता थपलियाले नेपालमा राष्ट्रिय खेलकुद संघहरुबीचको विवाद अन्त्य गर्न पनि राष्ट्रिय खेलकुद संघहरुलाई राष्ट्रिय खेलकुद परिषदबाट अनिवार्य सम्बन्धन लिनुपर्ने तर्क गर्नुभयो ।