राष्ट्रिय खेलकुद परिषद्मा कर्मचारी संघ रहने सरकारको प्रस्ताव प्रति सांसदको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रिय खेलकुद परिषद्मा कर्मचारी संघ रहने सरकारको प्रस्ताव प्रति सांसदको आपत्ति

संसद

काठमाडौं, १६ जेठ । राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय खेलकुद परिषद्मा कर्मचारी संघ रहने कानुनी व्यवस्था गर्ने सरकारको प्रस्ताव प्रति आपत्ति जनाएका छन् ।

संसदको बिधायन व्यवस्थापन समितिको बिहिवार बसेको बैठकमा खेलकुदको विकास सम्बन्धि बनेको विधेयकको छलफलमा सांसद डाक्टर विमला पौडेलले खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन पनि सरकारले ल्याएको प्रस्ताव मान्य नहुने अडान राख्नुभयो । उहाँले खेलकुद क्षेत्रको व्यवसायिक विकासका लागि पनि परिषद्मा कर्मचारी संघको व्यवस्था गर्न नहुने बताउनुभयो ।

त्यसैगरी सांसद ठगेन्द्रप्रकाश पुरीले युवा तथा खेलकुद मन्त्री अध्यक्ष हुने राष्ट्रिय खेलकुद परिषदको सदस्य खेलसम्बन्धि ज्ञान र सीप भएकोलाई राख्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो ।

बैठकमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि मन्त्री आफै जिम्मेवार हुने भएकाले सोही अनुसारको कानुनी व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

समितिको बैठकमा सांसदहरुले खेलकुद क्षेत्रको पूर्वाधार विकासमा जोड दिन पनि सरकारसँग आग्रह गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);