खेलकुद संघहरुलाई राष्ट्रिय खेलकुद परिषद् मातहत राख्न मिल्दैन : मन्त्री विश्वकर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

खेलकुद संघहरुलाई राष्ट्रिय खेलकुद परिषद् मातहत राख्न मिल्दैन : मन्त्री विश्वकर्मा

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा

काठमाडौं, ३० जेठ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले खेलकुद संघहरुलाई राष्ट्रिय खेलकुद परिषद मातहत राख्न नमिल्ने बताउनु भएको छ । मन्त्री विश्वकर्माले खेलकुद संघहरु अन्तराष्ट्रिय खेलकुद संघहरुको मातहत पनि रहने भएकाले यसलाई राष्ट्रिय खेलकुद परिषदको मातहत राख्न नमिल्ने प्रष्टयाउनु भएको हो ।

उहाँले खेलकुद संघहरुलाई स्वायत्त संस्थाको रुपमा कानुनमा पनि व्यवस्था गर्न लागिएको स्पष्ट पार्नु भयो । बिहीबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५’ माथिको छलफलमा समितिका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री विश्वकर्माले ओलम्पिक चार्टरमा नेपाल अनुबन्ध भएकाले खेलकुद संघहरुलाई राष्ट्रिय खेलकुद परिषद मातहत नराखि स्वायत्त निकायको रुपमा राख्ने कानुनी व्यवस्था गर्नु परेको पनि स्पष्ट पार्नु भयो । उहाँले खेलकुद संघहरुलाई वडास्तरमा पनि गठन गर्ने कानुनी व्यवस्था गर्न लागिएको बताउनु भयो ।

मन्त्री विश्वकर्माले खेलकुद संघहरुलाई कडा नियमन हुने गरी सो विधेयक ल्याइएको बताउनु भयो । बैठकमा समितिका सदस्यहरुले खेलकुद प्रतियोगिताहरु अन्तराष्ट्रिय स्तरमा पनि संचालन हुने भएकाले त्यसका नियमहरुलाई ख्याल गरेर कानुन निर्माण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

समितिका सदस्य राधेश्याम अधिकारीले अन्तराष्ट्रिय खेलकुदको नियमलाई ध्यानमा राखेर कानुन निर्माणको गर्न सरकारसँग माग गर्नु भयो । समितिका सदस्यहरुले प्रदेश र स्थानीय तहको अधिकार हनन् नहुने गरी संघीय सरकारलाई खेलकुद सम्बन्धि कानुन निर्माण गर्न पनि सचेत गराउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);