Our Network

माघ ४ २०७८, मंगलबार

अाजदेखि आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

Cricket

काठमाडौं, २३ कात्तिक । आईसीसी महिला टी–२० विश्वकप क्रिकेट अाजदेखि वेष्ट इण्डिजमा सुरु हुँदैछ । डिफेन्डिङ्ग च्याम्पियन वेष्ट इण्डिजले बंगलादेश विरुद्धको खेलबाट उपाधि रक्षाको अभियान सुरु गर्दैछ । गुयनामा हुने खेल नेपाली समय अनुसार शनिबार बिहान पौने ६ बजे सुरु हुनेछ ।

त्यसअघि सोही मैदानमा भारत र न्यूजिल्याण्ड खेल्दैछन् । शनिबार बिहानै अष्ट्रेलिया र पाकिस्तानको महिला टिमबीच पनि प्रतिष्पर्धा हुँदैछ । महिला टी–२० विश्वकपमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इण्डिज छन् भने समूह बी मा अष्ट्रेलिया, भारत न्यूजिल्याण्ड, पाकिस्तान र आयरल्याण्ड छन् ।