नेपाल बिरुद्धको सिरिज खेल्न इंग्ल्याण्डको क्रिकेट टोली काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

नेपाल बिरुद्धको सिरिज खेल्न इंग्ल्याण्डको क्रिकेट टोली काठमाडौंमा

काठमाडौं, १६ कात्तिक । इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) नेपालविरुद्ध सिरिज खेल्न काठमाडौं आइपुगेको छ ।

इग्ल्याण्डको क्रिकेट टोली शनिवार काठमाडौं आइपुगेको हो । एमसीसीले काठमाडौं र पोखरामा गरि ६ वटा म्याच खेल्ने छ । प्रतियोगिता आइतवारदेखि नै शुरु हुने छ ।

नेपाली राष्ट्रिय टिम विरुद्ध टी–२०, एकदिवसिय र तीन दिवसिय सिरिजका लागि आएको एमसीसीमा अधिकांश खेलाडी इंग्ल्याण्डको यू – १९ टिमबाट खेलिसकेका छन् ।

टिमको कप्तानी गर्ने जिम्मी एड्म्सले गरेका छन् । एमसीसी टिमले नोभेम्बर १४ तारिखसम्म नेपालमा मैत्रीपूर्ण खेल खेल्नेछ । यसका साथै एमसीसीले नेपालमा पिच, प्रशिक्षक प्रशिक्षण, किट प्रोभिजनमा सहयोग गर्नेछ ।

त्यसैगरी पोखरामा नयाँ स्कुल प्रतियोगिता आयोजना गर्नेछ । यो टुरमा एमसीसीले एउटा तीन दिवसीय, दुईवटा ५० ओभरको खेल र तीन टी २० खेल खेल्नेछ । यस अघि एमसीसीले सन् २०१५ मा पनि नेपाल भ्रमण गरेको थियो । यता, नेपालले पनि एमसीसीको भ्रमण गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);