वर्ल्ड वडी विल्डिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली सोमवार दुवई प्रस्थान गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

वर्ल्ड वडी विल्डिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली सोमवार दुवई प्रस्थान गर्दै

सुरेन्द्र भण्डारी
झापा, १६ कात्तिक । विश्वले चिनेको तर नेपालले नचिनेको खेलको रुपमा शारीरिक सुगठनलाई हेर्ने गरिएको छ । सरकारले समेत अन्य खेललाई जस्तो शारीरिक सुगठन अर्थात वडी विल्डिङ्लाई गम्भीरताका साथ हेरेको पाइँदैन ।

तर, यही खेल खेलेर नेपाली खेलाडीले नेपाललाई पटक–पटक स्वर्ण पदक दिलाएका छन् । नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी मध्ये झापाका राम दाहाल पनि एक हुन् ।

संयुक्त अरव इमिरेट्स् (यूएई) को फुजेरा सिटीमा नोभेम्वर ६ देखि १० तारिकसम्म हुने वर्ल्ड वडी विल्डिङ च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागिता जनाउने खेलाडी मध्येका एक हुन् झापा बिर्तामोडका राम दाहाल ।

उनी विश्व सामु ६० केजी तौल समूहमा प्रतिष्पर्धा गर्दैछन् । उनीसंगै अन्य चार खेलाडी समेत सो प्रतियोगितामा भाग लिन सोमवार दुवई प्रस्थान गर्दैछन् । जसमध्ये दुई जना वडी विल्डिङमा र दुई जना फिजिक्समा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ।

खेलको माध्यमबाट नेपाललाई विश्वसामू चिनाउनु भएका दाहालले यस अघि नवौं साफ गेममा ६० केजी तौल समूहमा स्वर्ण पदक हात पार्न सफल बन्नुभयो । हालै चीनमा भएको एसियन गेममा समेत ६५ केजी तौल समूहमा समेत उहाँले प्रतिष्पर्धा गर्नुभयो ।

जसमा चौथो स्थान हात पार्न सफल बन्नुभएका दाहालले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा स्वर्णपदक जित्नु भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा खेल खेलेर विश्वसामू नेपाललाई चिनाउनु भएका दाहाल यो पटक पनि दुवईमा हुने अन्तराष्ट्रिय वडी विल्डिङ च्याम्पियन सिपमा भाग लिने हुनुभएको छ ।

कात्तिक २१ देखि २४ गतेसम्म दुबईमा आयोजना हुने विश्व च्याम्पियनसिप प्रतियोगितामा नेपाल लगायत ९० मुलुकका खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । दुबई जाने नेपाली टोलीमा चार जना खेलाडी सहित सात जना रहनेछन् ।

नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय शारीरिक सुगठन प्रतियोजितामा सहभागीता जनाउने भएपछि उहाँलाई बिर्तामोड उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गर्दै विदाई गरेको छ ।

यता विर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपानेले खेलाडीलाई राष्ट्रको गहनाको रुपमा हेर्नु पर्ने बताउनु भयो ।

सन् २०१३ मा हङकङमा भएको एशियन खेलकूद प्रतियोगितामा शारीरिक सुगठनको ६० केजी तौल समूहमा रजतपदक जितेर राम दाहालले अन्तरराष्ट्रिय ख्यातिको शुरुआत गर्नुभएको थियो ।

उहाँले सन् २०१५ र सन् २०१८ मा भएको साफ खेलकूदमा ६० केजी तौल समूहमा स्वर्णपदक जित्नुभएको थियो । वर्ल्ड वडी विल्डिङ च्याम्पियन सिपमा नेपालको तर्फबाट सहभागिता जनाउनु हुने दाहालले नेपाललाई यो पटक पनि स्वर्ण पदक दिलाउने आश गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);