शारीरिक सुगठनः उमेशलाई रजत पदक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

शारीरिक सुगठनः उमेशलाई रजत पदक

काठमाडौं। नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले ५४औं शारीरिक फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि बुधबार रजत पदक जितेका छन् ।  मालदिभ्समा जारी प्रतियोगिताको ८० केजी तौलमा उमेशले रजत पदक प्राप्त जितेका हुन् ।

८ खेलाडी सहभागी सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण पदक र थाईल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गरेका थिए ।यसअघि फिटनेस फिजिकतर्फ १७० से.मि. सम्मको प्रतिस्पर्धामा राजु राईले नेपालका लगि कास्य पदक प्राप्त गरेका थिए । तीन खेलाडी सहभागिता रहेको च्याम्पियनसिपमा महिलातर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धरले छैटौं स्थान हात पार्न सफल भएको ब्यवस्थापक एवं उपाध्यक्ष राजभण्डारीले  जानकारी गराए ।खेलाडीहरुको मनोबल उच्च राख्नका लागि नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई १ लाख र काँस्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेको समेत ब्यवस्थापक राजभण्डारीले बताए । यसै क्रममा नेपालले २०२३ मा आयोजना गर्ने ५५अ‌ाैँ एसियन शारीरिक सुगठन प्रतियोगिताका लागि नेपालका तर्फबाट अध्यक्ष राजेश बाबु श्रेष्ठ र एशियन फेडेरेसनका तर्फबाट दातुक पउल चुवाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रतियोगितामा भारतका एतीनदर सिंहले मि‍‍‍‍. एसियाको उपाधि जितेका थिए । नेपाली टोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको ब्यवस्थापक राजभण्डारीले जानकारी गराए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);