जर्जियाविरुद्ध स्पेनकाे सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

जर्जियाविरुद्ध स्पेनकाे सहज जित

एजेन्सी । घरेलु टोली स्पेनले जर्जियाविरुद्ध सहज जित निकालेको छ । 

विश्वकप छनोट तथा युरोपेली छनोट खेलको समूह ‘बी’ को खेलमा स्पेनले जर्जियाविरुद्ध ४-० गोल अन्तरले विजयी भएको हो । 

घरेलु मैदानमा स्पेनलाई जिताउने जोसे लुईस गाया, कार्लाेस सोलर, फेरान टोरेस र पाब्लो सरबियाले १-१ गोल गरे । पहिलो हाफमा ३ गोल गरेको लुईस इन्रिकेको टोलीले दोस्रो हाफमा १ गोल गर्‍याे। 

जितसँगै समूह ‘बी’ मा स्पेन शीर्ष स्थानमा छ । ५ खेलबाट उसको १० अंक छ ।

पराजित जर्जिया पाँच खेलबाट एक अंकसहित तालिकाको पुछारमा छ । समूहमा स्विडेनको तीन खेलबाट नाै अंक, कोसोभाको चार खेलबाट चार अंक र ग्रिसको तीन खेलबाट तीन अंकसहित क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । 

समूहको अर्काे खेलमा कोसोभा र ग्रिसले १-१ गोलको बराबरी खेल्दा एक-एक अंक बाँडे। 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);