एन्डोरामाथि इंग्ल्याण्डको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एन्डोरामाथि इंग्ल्याण्डको सहज जित

काठमाडौं । फिफा विश्वकप कतार-२०२२ को युरोपियन छनोटमा इंग्ल्यान्डले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा इंग्ल्यान्डले घरेलु टोली एन्डोरामाथि ५-० को फराकिलो जित निकालेको हो ।

इंग्ल्यान्डको जितमा बेन चिलवेल, बुकायो साका, ट्याम्मी अब्राहम, जेम्स वार्ड प्रोज र ज्याक ग्रेलिसले १/१ गोल गरे । इंग्ल्याण्डले पहिलो हाफमा २ तथा दोस्रो हाफमा ३ गोल थपेको हाे ।

समूह ‘आई’ मा अपराजित रहेको इंग्ल्यान्ड जितसँगै ७ खेलबाट १९ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । पराजित एन्डोरा ३ अंकसहित पाँचौ स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);